
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौ । कम्बोडिया भ्रमणमा रहनु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल र कम्बोडिया बीच वृहत्तर बुद्ध सर्किटको निर्माणमा साझेदारीको सम्भावनाबारे छलफल गरेका छन् ।
मन्त्रीपाण्डेले कम्बोडियाका पर्यटन मन्त्री हुअटहाक र संस्कृति तथा धार्मिक मामिला मन्त्री चाई बोरिन सँग मंगलबार भएको भेटका क्रममा सो सम्भावना बारे छलफल भएको हो ।
कम्बोडियाका पर्यटन र संस्कृति तथा धार्मिक मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र कम्बोडिया बीच संस्कृति र पर्यटनका क्षेत्रमा समन्वय र सहयोगको सम्भावना बारे छलफल भएको थियो । भेटवार्ताका क्रममा मन्त्री पाण्डेले नेपाल र कम्बोडियाको ऐतिहासिक सन्दर्भ र द्विपक्षीय पर्यटन सहयोगको महत्त्वलाई उल्लेख गर्दै भने,‘कम्बोडिया र नेपालकाइतिहास र धर्म एक अर्कासँग गहिरो सम्बन्ध राख्दछन् ।
हाम्रो मुलुकहरू दशकोंसम्म युद्ध र संघर्षको अवस्था बाट गुज्रिएका छन्, र अहिले हामीशान्ति, स्थायित्व र समृद्धिको बाटोमा अघि बढिरहेका छौं ।नेपालका प्रमुख धार्मिक स्थलहरू जस्तै लुम्बिनी, मुक्तिनाथ र जानकी मन्दिर तथा कम्बोडियाको अङ्कुर वाटदुई देशका साझा सम्पदा र तीर्थस्थलको रूपमा रहेको उल्लेख गर्दै मन्त्रीपाण्डेले भन्नुभयो, हाम्रो धार्मिक र सांस्कृतिक परिप्रेक्ष्यले समानता देखाउँछ, र हामी सँग एक समान धार्मिक सहिष्णुता र सद्भाव छ ।’दुवै पक्षले धार्मिक र सांस्कृतिक पर्यटन साझेदारी वृद्धि गर्ने विषयमा छलफल भएको छ।
नेपाल र कम्बोडिया बीच सिधा हवाई उडानको सुरुवातहुन सकेको अवस्थामा पर्यटकहरूको आवागमनमा ठूलो सुधार गर्न सकिने विषयमा दुबै पक्ष सहमत भएका छन् । यसका साथै, वृहत्तर बुद्ध सर्किटको निर्माणमा साझेदारीको सम्भावना बारे पनि छलफल भएको बताइएको छ । मन्त्री पाण्डेले कम्बोडियाको एशिया क्षेत्रको सबै भन्दा ठूलो विमान स्थल निर्माणको बारेमा चर्चा गर्दै भन्नुभयो, यस परियोजनाले नेपाल र कम्बोडिया बीचको भौतिक दूरीलाई छोटो बनाउने बताए।
उनले नेपलमापनि भैरहवा र पोखरामा निर्माण भएका अन्तर्राष्ट्रिय विमान स्थलहरुमा उडान भर्ने वायुसेवा कम्पनीहरु लाई विशेष सहुलियत सहितको व्यबस्था पछि ती सञ्चालनमा आएको प्रसंग उल्लेख गरे । कम्बोडियाली पक्षले नेपाल लाई धन्यवाद दिँदै लुम्बिनीमा कम्बोडियाको स्तुपा निर्माणका लागि स्थान उपलब्ध गराएकोमा आभार व्यक्त गरेको छ।
साथै, नेपाल र कम्बोडिया बीच द्विपक्षीय सहयोगका क्षेत्र र कार्यसम्पादन मोडालिटिको पहिचानकालागि राजदूत र कर्मचारी स्तरीय टोलीगठनको आवश्यकतामा जोड दिएका छन्। कम्बोडियाले २०२४ मा ७२ लाख अन्तर्राष्ट्रिय पर्यटकको आगमनको अपेक्षा गरेको जानकारी दिएको छ । पर्यटन क्षेत्रको पुनर्निर्माण र समृद्धिका लागि युएन टुरिजमको बृहत्तर छाता अन्तर्गत सहकार्यका लागि कम्बोडिया इच्छुक रहेको जनाइएको छ ।
अन्त्यमा, कम्बोडियाले धार्मिक र सांस्कृतिक सहयोगका लागि नेपाल सँग अझ नजिकको सहकार्यमा प्रवेश गर्ने प्रतिवद्धता जनाएको छ । यस भेटघाटले दुवै राष्ट्रका बीचको सम्बन्ध लाई अझ मजबुत बनाउनका लागि एक नयाँ दिशा खोल्ने अपेक्षा गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij