
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । कैलालीस्थित वीरेन्द्र विद्या मन्दिर क्याम्पसको स्ववियु चुनावमा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)को प्यानलै विजयी भएको छ ।
अध्यक्षमा गोपाल खत्री ४५८ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका उम्मेदवार गणेश धामीले २१२ मत मात्र पाए ।
यस्तै, सचिवमा मीन सार्की ४१८ मतसहित विजयी भएका छन् । कोषाध्यक्षमा नेविसङ्घकै विभूति चौधरी ४४७ मतसहित विजयी भएकी छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij