Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

  • काठमाडौं । नेपाली कांग्रेसले पार्टीको कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको छ ।

    images
    images
    images

    पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा मंगलबार बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले चैत १० गते कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । बैठकमा राजावादीको प्रदर्शनका बिषयमा पनि छलफल भएको र अहिलेको व्यवस्था र संविधानको रक्षाको लागि सम्पूर्णरुपमा क्रियाशील हुने निष्कर्ष निकालेको उनले बताए ।

    प्रवक्ता महतले सर्वदलीय सरकार बनाउने बिषयमा कुनै छलफल नरहेको जिकिर गरे । अहिले विपक्षमा रहेका माओवादीसहित अन्य दलहरू पनि अहिलेकै संविधानको रक्षाको पक्षमा रहेको भन्दै उनले सरकारमा आउँदा गणतन्त्रपक्षधर बलियो हुने बाहिर हुँदा कमजोर हुने भन्ने परिस्थिति नरहेको बताए ।

    उनले समाजवादी मोर्चाले आह्वान गरेपनि कांग्रेस प्रदर्शनमा सहभागी नहुने तर गणतन्त्रको रक्षाका लागि मोर्चाले गरेको निर्णय ठीक रहेको धारणा राखे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij