
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । बानेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियु (क्रान्तिकारी)को तर्फबाटस्ववियु सभापतिमा भूमिराज अधिकारी विजयी भएका छन् । मंगलबार सम्पन्न मतदानमा १७५ मतसहित अखिलक्रान्तिकारीका अधिकारी सभापतिमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेवि संघका निराजन कार्कीले १४९ मत पाए । उनी प्यानलै सहित विजयी भएका हुन् । स्ववियु सचिवमा अखिलक्रान्तिकारीकै रविन रिजाल १८३ मत सहित विजयी हुँदा कोषाध्यक्षमा पनि अखिलकै संगीता भट्टराई १८१ मतले निर्वाचित भएकी छन् । यसैगरी सदस्यसहरुमा थानेश्वर प्रसाद पाण्डे २०६, सुजन वाइवा १६०, विवेक ठकुल्ला १५९, आयुष सिंह १८२, रोहन सिंह १६७ र सन्जीज भुजेल १५३ विजयी भए भने अनेरास्ववियुका एकजना सदस्य लवदेव भट्ट विजयी भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij