Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

सहरी विकास मन्त्रालयको खर्च अठार प्रतिशत

सहरी विकास मन्त्रालयको खर्च अठार प्रतिशत

  • काठमाडौं । सहरी विकास मन्त्रालयले चालू आर्थिक वर्षमा १२ अर्ब २४ करोड तीन लाख ८७ हजार अर्थात् १७.९३ प्रतिशत खर्च गरेको छ । आज मन्त्रालयले पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको हो ।

    images
    images
    images

    मन्त्रालयका निम्ति रु ९१ अर्ब ३५ करोड २३ लाख विनियोजन भएकामा संघतर्फ ६८ अर्ब २५ करोड ८३ लाख ३९ हजार भएको थियो । विनियोजित रकममध्ये चालुतर्फ रु चार अर्ब ४२ करोड ३८ लाख २३ हजार र पुँजीगततर्फ ६३ अर्ब ८३ करोड ४५ लाख १६ हजार छुट्याइएको थियो ।

    हालसम्म चालूतर्फको खर्च २५ दशमलव २३ प्रतिशत भएको छभने पुँजीगततर्फको खर्च १७ दशमलव ४३ प्रतिशत रहेको छ । चालू आवमा सहरी विकास मन्त्रालय (संघीय कार्यालय)बाट कार्यान्वयन हुने तीन हजार ७१६ वटा नयाँ कार्यक्रममध्ये जम्मा एक हजार ६२३ वटा कार्यक्रमको बोलपत्र आह्वान भएको छ ।

    बोलपत्र आह्वान भएका एक हजार ६२३ वटा कार्यक्रममध्ये पनि एक हजार ९८ वटा कार्यक्रमको ठेक्का सम्झौता भएको छभने १२४ वटा पूरा भएका छन् । यसैगरी, बाँकी दुई हजार ९३ वटा कार्यक्रममध्ये २८८ वटा कार्यक्रम बहुवर्षीय स्वीकृतिका लागि प्रस्तावित कार्यक्रम हुन् ।

    मन्त्रालयका प्रवक्ता नारायण मैनालीका अनुसार एक हजार ४५९ वटा पुराना (क्रमागत तथा बहुवर्षीय स्वीकृत कार्यक्रम)मध्ये चालु आवमा जम्मा २८० वटा कार्यक्रम सम्पन्न भइसकेका छन् ।

    त्यसैगरी, ३३० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य रहेकामा हालसम्म १६२ वटा निर्माण सम्पन्न भएका छन् ।

    यसैवर्ष संविधान दिवसका दिनदेखि आगन्तुकका निम्ति खुला गरिएको धरहराको अवलोकन एक लाख ३० हजारभन्दा बढीले गरेका र त्यसबाट दुई करोड ३७ लाख राजस्व सङ्कलन भएको उक्त मन्त्रालयले जानाकारी गराएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij