Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

प्रहरीमा जागिर लगाइ दिने भनेर रकम ठगी गर्ने महिला पक्राउ 

प्रहरीमा जागिर लगाइ दिने भनेर रकम ठगी गर्ने महिला पक्राउ 

  • काठमाडौं । सर्लाही प्रहरीले प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । 
    नेपाल प्रहरीमा जागिर लगाई दिने भनेर रकम ठगी गरेको आरोपमा प्रहरीले ३२ बर्षीया लक्ष्मी कुमारी महतोलाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीले जारी गरेको प्रेस नोटमा हरिपूर्वा नगरपालिका वडा नम्वर ५ का २१ बर्षीय शिवमकुमार यादवसँग नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भनेर लालबन्दी नगरपालिका वडा नम्बर १७ बस्ने महतोले ठगी गरेको उल्लेख छ । महतोले पटक पटक गरेर दुई लाख ७५ हजार रकम लिएर ठगी गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए ।

    उनका अनुसार ठगीमा परेका पीडित शिवमका दाइ सिपिन्द्र प्रसाद यादवले ठगी तथा आपराधिक विश्वासघात शिर्षकमा दिएको जाहेरीका आधारमा गत आइतवार लक्ष्मीकुमारी महतोलाई पक्राउ गरिएको हो ।

    सर्लाही जिल्ला अदलातबाट पाँच दिनको म्याद थप गराएर हिरासतमा राखि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij