
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक नियमित नबसेकोमा सत्तारुढ दल नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ ।
मंगलबार बसेको समितिको बैठकमै कांग्रेस सांसद रामकृष्ण यादवले समितिको बैठक नियमित बस्न नसकेको भनेर सभापति ऋषिकेश पोखरेलको ध्यानाकर्षण गरे ।
सभापति पोखरेलले उपसमितिको बैठक नियमित बसिरहेको बताए ।
नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले कांग्रेस सांसद यादवको भनाइमा समर्थन जनाए ।
‘११४ वटा उजुरी छ । थानका थान उजुरी छ । एक दिन बिराएर बैठक बस्नुपर्ने हो । तर महिना महिनामा बैठक राख्नुहुन्छ । यसरी हुन्छ ?’ आलेले भने ।
राज्यको सम्पत्ति दुरुपयोग भएकोमा लेखा समितिले चासो राख्नुपर्ने बताए । पोखरा र भैरहवा विमानस्थलको विषयमा समेत अध्ययनबारे छलफल चलाउन पनि सांसद आलेले माग गरे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij