
Apr 01 2025 | २०८१, चैत १९ गते
काठमाडौं । इजरायलले गाजा पट्टीमा भीषण आक्रमण गरेको छ । आक्रमणमा हमासका एक मन्त्रीसहित २ सयभन्दा धेरै प्यालेस्टिनीको ज्यान गएको छ ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा कम्तिमा २२० जनाको मृत्यु भएको जनाएको छ ।
मारिएकामध्ये एक जना गाजामा हमासका उपगृहमन्त्री तथा उच्चपदस्थ सुरक्षा अधिकारी महमूद अबु वफाह पनि छन् । अन्यमा बालबालिका र आम नागरिक रहेको हमासले जनाएको छ ।
जनवरी १९ मा युद्धविराम सुरु भएदेखि गाजामा हवाई आक्रमणको यो सबैभन्दा ठूलो घटना हो । युद्धविराम विस्तार गर्ने वार्ताहरू सम्झौतामा पुग्न असफल भएपछि इजरायलले आक्रमण सुरु गरेको हो ।
इजरायली सुरक्षा बल आइडीएफले हमाससँग सम्बन्धित आतङ्कवादी क्याम्पमा आक्रमण गरेको दाबी गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षा मन्त्री इजरायल काट्जले मङ्गलबार बिहान आक्रमणको आदेश दिएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij