Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा २ पक्राउ

विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा २ पक्राउ

  • काठमाडौं । विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा रसुवाको गोसाइकुण्ड गाउँपालिका नगरपालिका–३ का ४६ वर्षीय बिर्ख तामाङ र बाजुरा बूढीनन्दा नगरपालिका–६ का २८ वर्षीय दीपेश राउत छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

    राउतले क्यानडा पठाउने भन्दै एक जनाबाट चार लाख र तामाङले माल्टा पठाउने भन्दै एक जनाबाट १२ लाख रुपैयाँ ठगी गरेको आरोप छ ।

    पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहचल पठाइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij