
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले सरकारका गतिविधि जनतामुखी हुनुपर्ने बताउनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद अर्यालले सरकारको गतिविधि जनतामुखी हुन नसक्दा पछिल्लो समयमा जनतामा निराशा छाएको भन्दै यसप्रति राज्य सचेत हुनुपर्ने बताइन् । विसं २०६२/६३ को आन्दोलनपछि सबैको अधिकार सम्बोधन गर्ने गरी समझदारीमा नै संविधान बनाए पनि प्रभावकारी कार्यन्वयनमा चुनौती रहेको उनको भनाइ थियो ।
“गणतन्त्र कार्यान्वयनबारे सचेत हुन सकेनौँ । हामीले जनताको विश्वास गुमाइरहेका छौँ,” सांसद अर्यालले भनिन्, “तर राजतन्त्र विकल्प होइन ।”
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij