
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौँ । अमेरिकाले दक्षिण अफ्रिकी राजदूत इब्राहिम रसूललाई निष्कासन गरेको छ । यो जानकारी दिँदै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले दक्षिण अफ्रिकी राजदूतलाई 'अमेरिका र ट्रम्पलाई घृणा गरेको' आरोप लगाएका छन्।
रुबियोले लेखेका छन्, 'हाम्रो महान देश संयुक्त राज्य अमेरिकामा अब दक्षिण अफ्रिकी राजदूतलाई स्वागत छैन । इब्राहिम रसूल एक जातिवादी राजनीतिज्ञ हुन्, जसले अमेरिका र अमेरिकी राष्ट्रपतिलाई घृणा गर्छन् ।' उनले भनेका छन्, 'हामीसँग उहाँसँग कुरा गर्न केही छैन, त्यसैले उहाँलाई अस्वीकार्य व्यक्ति मानिन्छ ।'
अमेरिका र दक्षिण अफ्रिकाबीच बढ्दो तनावका बीच अमेरिकाले यो कदम चालेको हो । फेब्रुअरीको सुरुमा ट्रम्पले दक्षिण अफ्रिकालाई दिइँदै आएको अमेरिकी सहयोग रोकेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij