
Mar 29 2025 | २०८१, चैत १६ गते
ललितपुर । ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल प्रहरी वृत्त सातदोबाटो ललितपुर पुगेका छन् । सिडिओ ढकाल र जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीसहितको टोली सातदोबाटो वृत्त पुगेका हुन् । टोलीले वृत्तको शाखाहरु निरीक्षण, मातहतसहितको वस्तुस्थितिको जानकारी लिएको बताइएको छ ।
प्रहरी वृत्त सातदोबाटोका प्रमुख तथा डिएसपी चित्र भट्टराईका अनुसार कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक विभागीय नीति निर्देशनसमेत दिनुभएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij