Logo

Apr 01 2025 | २०८१, चैत १९ गते

Apr 01 2025 | २०८१, चैत १९ गते

चुङ्गी विवादमा चल्यो चक्कु !

चुङ्गी विवादमा चल्यो चक्कु !

  • ललितपुर गोदावरीमा दुई जना किशोरमाथि चक्कु प्रहार भएको छ । गोदावरी नगरपालिका वडा नम्बर–१ स्थित गोदामचौरमा चक्कु प्रहारबाट स्थानीय विशंखुनारायण माध्यमिक विद्यालयमा ९ कक्षामा अध्ययनरत दुई जना विद्यार्थी घाइते भएका छन् ।

    उनीहरूको पुल्चोकस्थित सुमेरु सिटी अस्पतालमा उपचार भइरहेको छ । गोरखा घर भई गोदामचौरमा बस्ने उनीहरू दाजुभाइ हुन् ।

    चुङ्गी खेल्ने निहुँमा झगडा हुँदा अर्को समूहका ३ जना मिलेर चक्कु प्रहार गरेको प्रहरी वृत्त सातदोबाटोले जनाएको छ । एक जनाको कोख र अर्का घाइतेको टाउकोमा चोट लागेको छ ।

    चक्कु प्रहार गर्ने १६ वर्ष र १८ वर्षीय किशोरहरूलाई प्रहरीले पक्राउ गरेको छ । आरोपीहरू पनि विशंखुनारायण माध्यमिक विद्यालयमा पढ्छन् । चक्कु प्रहारमा संलग्न अर्का एकजना फरार छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij