Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

बिमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त

बिमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त

  • काठमाडौं । सरकारले बिमा प्राधिकरणमा रिक्त महिला सञ्चालकमा राधा कुमारी पोखरेललाई नियुक्त गरेको छ । अर्थमन्त्रीस्तरीय निर्णय अनुसार पोखरेललाई आज (चैत १ गते) देखि लागू हुने गरी आगामी चार वर्षका लागि महिला सञ्चालकमा नियुक्त गरिएको हो ।

    पोखरेल २ वर्ष अघि विशाल बजार कम्पनीको सञ्चालकमा नियुक्त भएकी थिइन् । २०७९ सालमा बिमा ऐन आएको थियो । बिमा ऐन २०७९ मा महिला सञ्चालक हुनुपर्ने व्यवस्था रहेको छ । उक्त व्यवस्था अहिलेसम्म पूर्ण कार्यान्वयमा आएको थिएन । अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले पोखरेललाई सञ्चालकमा नियुक्त गरेसँगै ऐनले पूर्णता पाएको छ ।

    ऐनअनुसार प्राधिकरण सञ्चालकमा अध्यक्ष र चार जना सञ्चालक हुनुपर्ने व्यवस्था छ । अर्थमन्त्रालय र कानुन मन्त्रालयका सहसचिव सञ्चालकको रुपमा प्रतिनिधित्व गर्ने व्यवस्था ऐनमा छ ।

    यस्तै २ सदस्यमा जीवन बीमा र निर्जीवन बिमा क्षेत्रबाट १/१ जना गरी दुई जना सञ्चालक नियुक्त गर्नुपर्ने छ। ५ सदस्य रहने प्राधिकरणको बोर्डमा एक जना महिला सञ्चालक अनिवार्य हुनुपर्ने व्यवस्था ऐनले गरेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij