
Apr 01 2025 | २०८१, चैत १९ गते
काठमाडौं । काठमाडौंमा '२६ औं फ्लोरा एक्स्पो २०८१' एक्स्पो सुरू भएको छ । चार दिनसम्म चल्ने फ्लोरा एक्स्पो शुक्रबारदेखि भृकुटीमण्डपमा सुरू भएको हो ।
फ्लोरिकल्चर एशोसियशनले हरेक वर्ष भृकुटीमण्डपमा पुष्प मेला गर्दै आएको छ । यस वर्ष पनि विभिन्न प्रजातिका फूलहरु प्रदर्शनमा राखिएको छ ।
यस वर्षको एक्सपोको नारा ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ रहेको छ । प्रदर्शनीमा फूलहरूको अवलोकन गर्नेहरुको भिड लाग्ने गर्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij