Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

एनआरएनएको अनधिकृत कार्यक्रम रोक्न उच्चस्तरीय समितिका संयोजक घलेको पत्राचार

एनआरएनएको अनधिकृत कार्यक्रम रोक्न उच्चस्तरीय समितिका संयोजक घलेको पत्राचार

  • काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिका संयोजक शेष घलेले बद्री केसीले तय गरेका अनधिकृत कार्यक्रम रोक्न पत्राचार गरेका छन् ।

    घलेले थाइल्याण्डमा आयोजना हुन लागेको युवा सम्मेलन, कम्बोडियामा आयोजना भएको एसिया प्यासिफिक सम्मेलन र माल्टामा तय भएको युरोप क्षेत्रीय सम्मेलन रोक्न पत्राचार गरेका हुन् । उनले सम्बन्धित एनसीसीहरुलाई छु्ट्टाछुट्टै पत्र पठाएर ती कार्यक्रम अनधिकृत भएकाले सर्वोच्च अदालतको परमादेश स्मरण गराइएको छ ।

    सम्बन्धित एनसीसीले एकीकृत महाधिवेशन केन्द्रित कार्यक्रम भन्दा अन्य गतिविधि नगर्न नगराउन घलेको निर्देशन छ । ती स्थानमा अन्य गतिविधी गर्न गईरहेको भन्ने जानकारी आएकोले ती कार्यक्रम तत्काल रोकि उच्चस्तरीय समितिलाई जानकारी गराउन समेत भनिएको छ । सो निर्देशनको पालना नगरेमा सर्वोच्च अदालतको परमादेश तथा फैसला कार्यान्वयन निर्देशनालयको निर्देशनलाई पालना नगरेको निष्कर्स सहित कारवाहिको लागि सिफारिस गरिने पत्रमा उल्लेख गरिएको छ ।

    गैरआवासीय नेपाली संघको उच्चस्तरीय समितिबाट २०२५ मे ३ देखि ५ सम्म काठमाडौँमा हुने अन्तराष्ट्रिय महाधिवेशनलाई सफल बनाउन विश्वभर रहेका नेपालीहरूको एकता, सशक्तिकरणका लागि योगदान पुर्याउने उद्देश्य साथ अगाडि बढिरहेको समेत स्मरण गराइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij