Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

कोशी प्रदेशका विपक्षी दलले दर्ता गराए गैरसरकारी विधेयक

कोशी प्रदेशका विपक्षी दलले दर्ता गराए गैरसरकारी विधेयक

  • काठमाडौं । कोशी प्रदेशका दुई विपक्षी दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका दुई सांसदले बुधबार गैरसरकारी विधेयक दर्ता गराएका छन् ।

    लिम्बू भाषा र मैथिली भाषालाई प्रदेशको कामकाजको भाषा बनाउने गरी 'सरकारी कामकाजको भाषा' सम्बन्धी गैरसरकारी विधेयक प्रदेश सभामा दर्ता भएको हो ।

    images
    images
    images

    यो विधेयक माओवादी सांसद गोम्बु शेर्पा र एकीकृत समाजवादीकी सांसद खिनु लङ्वा लिम्बूले प्रस्तुत गरेका हुन् । 

    भाषा आयोगले यसअघि नै कोशी प्रदेशमा नेपालीका अलावा लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउन सिफारिस गरेको थियो । 

    प्रदेश सभाको विधेयक शाखामा विधेयक दर्ता गरेको सांसद लिम्बूले जानकारी दिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij