
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । सरकारले (अनुचित लेनदेन) मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग गठन गरेको छ । फागुन २६ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बाबुराम रेग्मीको अध्यक्षतामा नयाँ जाँचबुझ आयोग गठन गरेको हो ।
आयोगको सदस्यमा भरतबहादुर बोहरा र बद्रीप्रसाद भट्टराईलाई तोकिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकका निर्णय सार्वजनिक गर्दै जानकारी दिए । आयोगले सुझावसहित प्रतिवेदन पेस गर्नुपर्ने छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij