Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेविसंघको तालाबन्दी !

केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेविसंघको तालाबन्दी !

  • काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले केन्द्रीय क्याम्पस कीर्तिपुरमा तालाबन्दी गरेको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा बागी उम्मेदवारी दर्ता गराएको भन्दै नेविसंघले तालाबन्दी गरेको हो ।

    images
    images
    images

    आधिकारिकरूपमा अध्यक्षमा अनोज कार्कीको नेतृत्वको टिम भएपनि नेविसंघ केन्द्रीय समितिको टिकट भन्दै नक्कली हस्ताक्षर र छाप लगाएर तोकिएको समय ५ बजेपछि बागी उम्मेदवार मनोनयन दर्ता गरिएको नेविसंघले आरोप लगाएको छ ।

    समयसीमा कटेपछि दिइएको निवेदनलाई विश्वविद्यालय क्याम्पसका निर्वाचन अधिकृतले फर्म बुझेकाले सो कुरा नसच्चिएसम्म तालाबन्दी गरिएको त्रिवि समितिका सभापति विष्णु बडैलाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij