
Apr 15 2025 | २०८२, वैशाख २ गते
काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो पदबाट राजीनामा दिएपछि रमाइलो शैलीमा संसद्बाट कुर्सी नै बोकेर बाहिरिएका छन् ।
कुर्सी बोकेर बाहिरिँदै गरेका ट्रुडोले जब क्यामेराको सामना गरे त्यसपछि उनले जिब्रो निकालेका थिए । अहिले उनको यो तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
परम्पराअनुसार क्यानाडाली सांसदहरूले संसद्बाट बाहिर निस्कँदा आफ्नो कुर्सी पनि साथमा लैजान पाउने अनुमति छ ।
टोरन्टो सनका राजनीतिक स्तम्भकार ब्रायन लिली भन्छन्, “जब कुनै पनि सांसद कमन्सबाट बाहिरिन्छन्, उनीहरूलाई आफ्नो कुर्सी, आफ्नो सिट आफूसँगै लिन अनुमति दिइन्छ । मलाई यो एउटा महान परम्परा लाग्छ, जसलाई म समर्थन गर्छु । यसो भनिए पनि यो ट्रुडोको आफ्नो अनौठो तस्वीर हो । साथै, सायद आसन्न चुनावको अर्को सङ्केत ।”
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij