
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते मानवता विरोधी अपराधको आरोपमा पक्राउ परेका छन् ।
७९ वर्षीय दुतेर्ते मंगलबार हङकङबाट फर्किने क्रममा राजधानी मनिला अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । २०१६ मा सत्ता सम्हाल्दा उनले लागुऔषध कारोबारविरुद्ध कठोर नीति अपनाएका थिए । उनको ‘ड्रग्सविरुद्धको युद्ध’को क्रममा हजारौं लागुऔषध सेवन कर्तार व्यापारीहरू मारिएका थिए । यसबारे अन्तर्राष्ट्रिय फौजदारी अदालतले अनुसन्धान गरिरहेको थियो ।
दुतेर्ते हङकङमा आगामी मध्यावधि चुनावका लागि आफू समर्थित उम्मेदवारको प्रचार र्यालीमा सहभागी हुन पुगेका थिए । त्यहाँबाट फर्किएपछि उनलाई विमानस्थलबाट पक्राउ गरिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij