
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो दुतेर्तेलाई प्रहरीले पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले मानवता विरुद्धको अपराधको आरोप लगाउँदै उनी विरुद्ध पक्राउ वारेन्ट जारी गरेको थियो ।
हङकङबाट फर्किएपछि फिलिपिन्सको राजधानी मनिला विमानस्थलमा प्रहरीले दुतेर्तेलाई पक्राउ गरेको थियो ।
सन् २०१६ देखि २०२२ सम्म दक्षिणपूर्वी एसियाली राष्ट्रको राष्ट्रपति रहँदा दुतेर्तेले लागूऔषध विरोधी कारबाहीको नेतृत्व गरेका थिए, जसमा हजारौंको मृत्यु भएको थियो ।
यसअघि, आफ्नो सम्भावित गिरफ्तारीको बारेमा, उनले आफू जेल जान तयार रहेको बताएका थिए । फिलिपिन्समा मानव अधिकारका लागि अन्तर्राष्ट्रिय गठबन्धनले गिरफ्तारीलाई “ऐतिहासिक क्षण” भन्यो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij