Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

राप्रपाले महानगरमै गएर तिर्‍यो एक लाख जरिवाना

राप्रपाले महानगरमै गएर तिर्‍यो एक लाख जरिवाना

  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले काठमाडौं महानगरपालिकाको कार्यालयमा पुगेर एक लाख रुपैयाँ जरिवाना तिरेको छ ।

    images
    images
    images

    पूर्व राजा ज्ञानेन्द्रको स्वागतमा आइतबार गरिएको र्‍यालीले सडक फोहोर गरेको र रुख विरुवामा क्षति पुर्‍याएको भन्दै महानगरले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई १ लाख रुपैयाँ जरिवाता तिराउने निर्णय गरेको थियो ।

    राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाही सहितका नेताहरु कमलादीस्थित कार्यालयमा पुगेर जरिवाना तिरेको महानगरले बताएको छ ।

    महानगरले राप्रपालाई यसअघि पनि जरिवाना तिराएको थियो । राप्रपाले २०८० चैत २७ मा भृकुटीमण्डपमा गरेको आमसभापछि फोहोर भएको र ट्राफिक आइल्यान्डमा क्षति पुगेको भन्दै महानगरले पाँच हजार २२२ रुपैयाँ जरिवाना तिराएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij