Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

बझाङको खापरदेव क्याम्पसको स्ववियु निर्वाचन स्थगित

बझाङको खापरदेव क्याम्पसको स्ववियु निर्वाचन स्थगित

  • काठमाडौं । बझाङको खापरदेव क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ । स्ववियु निर्वाचनको कार्यक्रम अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि स्थगित गरिएको क्याम्पस प्रमुख रमेशबहादुर सिंहले जानकारी दिए ।

    images
    images
    images

    त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा आगामी चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ ।

    खापरदेव क्याम्पसमा विद्यार्थीहरूले समयमै भर्ना नगरेपछि स्ववियु निर्वाचनको तयारी पूरा हुन नसकेको सिंहको भनाइ छ ।

    क्याम्पस व्यवस्थापन समितिको फागुन २४ गते बसेको बैठकमा स्ववियु निर्वाचनलाई वैधानिक र नियमअनुसार सम्पन्न गर्न अर्को सूचना प्रकाशित नगरी निर्वाचनको कुनै कार्यक्रम अगाडि बढाउन नसकिने जनाएको छ ।

    सोही निर्णयको आधारमा स्ववियु निर्वाचन सम्बन्धी क्याम्पसका सबै कार्यक्रमहरू स्थगित गरिएको क्याम्पस व्यवस्थापन समिति अध्यक्ष दीपेन्द्रबहादुर सिंहले बताए ।

    बझाङमा त्रिवेणी क्याम्पस, सुनकुडा, झोता, सेती, शान्ति र थलारा गरी ६ वटा क्याम्पसमा चैत ५ गते नै स्ववियु निर्वाचन हुनेछ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij