
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । जस्टिन ट्रुडोपछि मार्क कार्नी क्यानडाको नयाँ प्रधानमन्त्री बन्दैछन् । प्रधानमन्त्रीको दौडमा उनले तीन प्रतिद्वन्द्वीलाई सहजै अछिनेपछि उनी सरकारको नेतृत्वकर्तामा जिम्मेवारीमा आउन लागेका हुन् ।
कार्नीले बेलायत र क्यानडाका केन्द्रीय बैंकहरूको नेतृत्व गरिसकेका छन् । कार्नी हाल क्यानडाको लिबरल पार्टीमा आबद्ध छन् ।
ट्रुडोलाई आफ्नै पार्टीभित्रबाट राजीनामा दिन बढ्दो दबाबको सामना गर्नुपरेको थियो । त्यसपछि उनले नौ वर्ष प्रधानमन्त्रीको रूपमा सेवा गरेपछि जनवरीमा राजीनामाको घोषणा गरेका थिए ।
प्रधानमन्त्रीको पद स्वीकार गर्दै कार्नीले भने, ‘हाम्रो देशले कालो दिनको सामना गरिरहेको छ, जुन त्यस्तो देशबाट आएको छ जसलाई हामी अब विश्वास गर्न सक्दैनौं ।’ उनको भनाइ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति लक्षित थियो ।
ट्रम्पलाई पठाएको सन्देशमा कार्नीले ‘अमेरिकीहरूले हामीलाई सम्मान नगरेसम्म’ अमेरिकी सामानहरूमा पारस्परिक कर लगाउन जारी राख्ने वाचा गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij