Logo

Jul 04 2025 | २०८२, असार २० गते

Jul 04 2025 | २०८२, असार २० गते

नयाँ स्मार्टफोन ल्याउँदै नोकिया

नयाँ स्मार्टफोन ल्याउँदै नोकिया

  • काठमाडौं । नोकियाले यस वर्ष तीन स्मार्टफोन बजारमा ल्याउने भएको छ । अपकमिङ स्मार्टफोन नोकिया १.४, नोकिया ६.३ र नोकिया ७.३ सार्वजनिक हुने कम्पनीले जनाएको छ ।

    images
    images
    images

    यद्यपि कम्पनीले आधिकारिक रुपमा भने अहिलेसम्म यी फोनको सार्वजनिक हुने मिति, मूल्य र फिचरको बारेमा कुनै जानकारी आएको छैन ।

    images

    नोकिया १.४ :

    नोकिया पावरन्युजको रिपोर्ट अुनसार नोकिया १.४ स्मार्टफोन फेब्रुअरीको सुरुवातमा सार्वजनिक हुनेछ । जसको मूल्य १६ हजार रुपैयाँभन्दा कम हुने बताइएको छ ।

    Nokia 1.4 leaks in full, reveals basic specs, low price tag - GSMArena.com  news

    images

    यसको स्पसिफिकेसनको कुरा गर्ने हो भने यसमा ६.५१ इन्चको एचडी प्लस एलसीडी डिस्प्लेका साथ यो फोन बजारमा आउनेछ । यसमा पर्फर्मेन्सका लागि एक जीबी र्‍याम तथा १६ जीबी स्टोरेज हुने बताइएको छ ।

    नोकिया ६.३ तथा नोकिया ७.३ : 

    नोकिया ६.३ तथा नोकिया ७.३ को कुरा गर्ने हो भने यी दुवै स्मार्टफोन २०२१ को पहिलो त्रैमासिकको अन्त्यतिर वा दोस्रो त्रेमासिकको सुरुवाती समयमा सार्वजनिक गरिने अपेक्षा गरिएको छ । साथै दुवै स्मार्टफोनको मूल्य २५ हजार रुपैयाँभन्दा कम हुने बताइएको छ ।

    अन्य रिपोर्टहरुलाई आधार मान्ने हो भने नोकिया ६.३ मा स्नापड्रागन ७३० प्रोसेसर, ४५०० एमएएच क्षमताको ब्याट्री र २४ मेगापिक्सेलको क्यामेरा हुनेछ ।

    यसैगरी नोकिया ७.३ मा ६.५ इन्चको पञ्चहोल डिस्प्ले, स्नापड्रागन ६९० प्रोसेसर र ५००० एमएएच क्षमताको ब्याट्री हुनेछ ।

    Nokia 'Quicksilver' Listed on Geekbench With Android 11, 6GB of RAM |  Technology News

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij