
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ४६ दशमलव ३३ अङ्कले घटेर २७७२ दशमलव १० को विन्दुमा पुगेको छ ।
आइतबार ३१५ कम्पनीका १ लाख १२ हजार ३४७ पटकको कारोबारमा २ करोड २७ लाख २६ हजार २८३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १० अर्ब ९ करोड ३६ लाख ५४ हजार १२९ रुपैयाँ रहेको छ ।
२४ कम्पनीको सेयर मूल्य बढ्दा २२७ कम्पनी घटेका छन् भने २ कम्पनीका मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये सबै राताम्मे हुँदा आज हिमालयन रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij