Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

पूर्वराजा ज्ञानेन्द्रलाई विमानस्थलमा स्वागत गर्न राजेन्द्र लिङदेन जाँदै

पूर्वराजा ज्ञानेन्द्रलाई विमानस्थलमा स्वागत गर्न राजेन्द्र लिङदेन जाँदै

  • काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न काठमाडौंमा भव्य र्‍यालीको तयारी भइरहेको छ ।

    images
    images
    images

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन समेत सो र्यालीमा उपस्थित हुने भएका छन् । पार्टीले स्वागतको जिम्मा प्रमुख सचेतक ज्ञानेन्द्र शाही र प्रवक्ता मोहन श्रेष्ठलाई दिएको छ। यद्यपि लिङ्देन पनि पूर्वराजालाई स्वागत गर्न जाने राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

    राप्रपाले गौशाला र तीनकुने क्षेत्रमा भेला भएका समर्थकहरू विमानस्थलबाट निर्मल निवाससम्म र्‍याली निकाल्ने बताएको छ ।

    पछिल्लो केहि समयदेखि पोखरामा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र आज अपराहन्न काठमाडौं आउन लागेका हुन् । यसैअवसरमा राजावादी दलहरुले राजाको पक्षमा शक्ति प्रदर्शन गर्न लागेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij