
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । नेपाली बजारमा तीन दिनदेखि लगातार बढिरहेको सुनको मूल्य शुक्रबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो ।
सुन तोलाको १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुन तोलामा ३ सय, बुधबार ९ सय र मङ्गलबार १ हजार ४ सय रूपैयाँले बढेको थियो ।
यस्तै, शुक्रबार चाँदीको मूल्य भने बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij