Logo

Aug 03 2025 | २०८२, साउन १८ गते

Aug 03 2025 | २०८२, साउन १८ गते

राष्ट्रियसभाबाट पनि स्वीकृत भए पाँच अध्यादेश

राष्ट्रियसभाबाट पनि स्वीकृत भए पाँच अध्यादेश

  • काठमाडौं । सरकारले जारी गरेका विभिन्न ६ मध्ये पाँच अध्यादेश राष्ट्रिय सभाबाट पनि स्वीकृत भएको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकमा पाँचवटा अध्यादेश निर्णयार्थ पेस गरिएको थियो । जुन राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत भएको छ ।

    images
    images
    images

    सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ राष्ट्रिय सभाबाट स्वीकृत भएको हो ।

    images

    यसअघि बुधबार प्रतिनिधि सभा बैठकबाट यी अध्यादेश स्वीकृत भएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij