
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा सामान्य अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक २ दशमलव ७० अङ्कले घटेर २८१८ दशमलव ४३ को विन्दुमा पुगेको छ ।
बिहीबार ३१० कम्पनीका ९३ हजार ८९५ पटकको कारोबारमा एक करोड ९० लाख ४१ हजार ५१४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १० अर्ब १० करोड १८ लाख १७ हजार ६८१ रुपैयाँ रहेको छ ।
९९ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये ४ वटा बढ्दा अन्य राताम्मे छ । आज हिमालयन रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij