
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार तीन दिनदेखि बढिरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ ।
सुन तोलाको १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मङ्गलबार सुन तोलामा १ हजार ४ सय रूपैयाँ र बुधबार ९ सय रूपैयाँले बढेको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ३५ रुपैयाँले बढेर चाँदी १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij