
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । सानिमा माई हाइड्रोपावर कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । बुधबार १० प्रतिशत बोनस बापतको ३३ लाख ९८ हजार १ सय ७६ दशलमव १० कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।
सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ । सानिमा माई हाइड्रोपावर लिमिटेडले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस शेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
कम्पनीको गत पुस २८ गते सम्पन्न साधारण सभाले लाभांश पारित गरेको थियो । साधारण सभा प्रयोजनका लागि हाइड्रोपावरले पुस ९ गते बुक क्लोज गरेको थियो तसर्थ, पुस ८ गते सोमबारसम्म कायम रहेका शेयरधनीले मात्र लाभांश पाउनेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij