
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । बुधबार पनि सेयर बजार घटेको छ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.१६ अंकले घटेर २८२१.१३ बिन्दुमा रोकिएको छ ।
अघिल्लो कारोबार दिन मंगलबार नेप्से ३०.३६ अंकले घटेको थियो । बुधबार सूचकसँगै कारोबार रकममा पनि उच्च गिरावट आएको छ ।
आज नेप्सेमा कुल १० अर्ब ९७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
अघिल्लो कारोबार दिन मंगलबार भने नेप्सेमा कुल १२ अर्ब ९४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बुधबार कारोबारमा आएकामध्ये ६२ कम्पनीको सेयर मूल्य बढ्दा १७४ कम्पनीको घटेको छ । यस्तै, ८ कम्पनीको सेयर मूल्य स्थिर छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij