Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

युनाइटेड इदी मर्दीले सेयरधनीलाई बोनस वितरण गर्दै

युनाइटेड इदी मर्दीले सेयरधनीलाई बोनस वितरण गर्दै

  • काठमाडौं । युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश गर्ने भएको छ ।

    images
    images
    images

    कम्पनीले लाभांश प्रस्ताव पारित गर्न आगामी चैत ११ गते साधारण सभा बोलाएको हो । कम्पनीले सेयरधनीहरुका लागि ४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । सभा, आभ्या क्लब, घारीपाटन–१७ पोखरा, कास्कीमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पेश हुनेछ ।

    साथै, यसले १ बराबर १ सेयर अनुपातमा हकप्रद सेयर पनि जारी गर्ने निर्णंय गरेको छ । कम्पनीले बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने घोषणा गरेको हो । हाल यसको चुक्ता पुँजी ४४ करोड ३१ लाख रुपैयाँ रहेको छ ।

    सभा प्रयोजनार्थ कम्पनीले फागुन २३ गते शुक्रबार बुक क्लोज गर्दैछ । त्यसैले फागुन २२ गते बिहीबारसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij