
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ३० दशमलव ३६ अङ्कले घटेर २८४६ दशमलव ३० को विन्दुमा पुगेको छ ।
मंगलबार ३१८ कम्पनीका एक लाख २२ हजार ३३६ पटकको कारोबारमा २ करोड ६३ लाख ८९ हजार ९१० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १२ अर्ब ९४ करोड ६४ लाख ९३ हजार ९३९ रुपैयाँ रहेको छ ।
४१ कम्पनीको सेयर मूल्य बढ्दा १९८ कम्पनीको घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ । आज १३ उपसमूहमध्ये सबै राताम्मे छन् । मंगलबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij