
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । शुक्रबार बिहान भोटेकोशी गाउँपालिका–२ स्थित भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर गएको ६।१ रेक्टर स्केलको भूकम्पबाट भएको क्षतिको विवरण नेपाल प्रहरीले सार्बजनिक गरेको छ ।
प्रहरीका अनुसार अहिलेसम्म सम्म भूकम्पबाट एक घर पूर्ण रुपमा क्षति भएको र ३ घर आंशिकरुपमा क्षति भएको जनाएको छ । आंशिक क्षति हुनेमा एक गोठ र एक प्रहरी कार्यालय रहेको छ । त्यस्तै भूकम्पका कारण ३ परिवार विस्थापित भएका छन् । भूकम्पबाट ६ जना सामान्य घाइते भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij