Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन

नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन

  • काठमाण्डौ । नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ ।

    images
    images
    images

    ८४ वर्षीया पूर्वन्यायाधीश श्रेष्ठको महाराजगञ्जमा रहेको प्रहरी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिनुभयो । स्वास्थ्यमा केही समस्या देखिएपछि उहाँ केही दिनदेखि त्यहाँ उपचाररत हुनुहुन्थ्यो ।

    सर्वोच्च अदालतमा पुग्ने श्रेष्ठ दोस्रो महिला न्यायाधीश हुनुहुन्थ्यो । सर्वोच्च अदालतको न्यायाधीशका रूपमा श्रेष्ठ विसं २०६१ वैशाख ३ देखि २०६५ जेठ २१ गतेसम्म कार्यरत रहनुभयो ।

    उहाँ अधिकृतदेखि नै न्याय क्षेत्रमा कार्यरत हुनुहुन्थ्यो । श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि हुने जानकारी दिइएको छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij