Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

राष्ट्रपति पौडेलद्वारा ग्याल्पो लोसारको शुभारम्भ

राष्ट्रपति पौडेलद्वारा ग्याल्पो लोसारको शुभारम्भ

  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पालगायत हिमाली, आदिवासी समुदायको नयाँ बर्ष श्यिङ मो डुल लो २१५२ ग्याल्पो ल्होसारको शुभारम्भ गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा फेमार (शेर्पा परिकार) काटेर राष्ट्रपति पौडेलले ग्याल्पो ल्होसारको शुभारम्भ गरेका हुन् ।

    images
    images
    images

    सो क्रममा राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा ग्याल्पो ल्होसारजस्ता पर्वहरूले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न योगदान दिने विश्वास लिएको बताए ।

    राष्ट्रपति पौडेलल भिन्न सांस्कृतिक विविधता बोकेको नेपालमा शेर्पा समुदायको आफ्नै र विशिष्ट पहिचान रहेको बताउदै शेर्पा तथा हिमाली आदिवासीले नेपालको हिमाली क्षेत्रको भाषा, धर्म, कला, संस्कृति र परम्पराको निरन्तरता, संरक्षण, सम्वर्धन र विकासमा आफ्नो पहिचान कायम राख्दै पर्यटन तथा आफ्नो व्यवसायमार्फत मुलुकलाई आर्थिक रुपमा सबल बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेका उल्लेख गरे । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij