
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको हो ।
बिहीबार यससँगै छापावाल सुनको मूल्य तोलामा सुन १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको ५ रुपैयाँले बढेको छ । बुधवार तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार १ हजार ९४५ रुपैयाँ कायम भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij