Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

रारा तालको किनारको होटलमा आगलागी

रारा तालको किनारको होटलमा आगलागी

  • काठमाडौं । मुगुको रारा तालको किनारमा अवस्थित एक होटलमा गए राति आगलागी हुँदा चार वटा भवन जलेर नष्ट भएका छन् । आगोबाट काठै काठको संरचनाले बनेको ती भवनमा क्षति पुर्‍याएको जनाइएको छ ।

    images
    images
    images

    नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आज बिहान आगो नियन्त्रणमा लिएका थिए । आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला सदरमुकाम गमगढीबाट गएका १५ जना प्रहरी टोली रारा पुगेको थियो ।

    जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार होटेलको भान्साबाट सुरू भएको आगोले त्यहाँ रहेका ग्यासको सिलिन्डर पड्किँदा अन्य तीन भवनमा क्षति पुर्‍याएको थियो ।

    प्रहरी, सेना र सशस्त्र प्रहरीले होटलमा रहेका पाहुनालाई तत्काल उद्धार गरी नजिकै रहेका होटल, सेनाको ब्यारेक, निकुञ्ज कार्यालयमा सारिएको बताइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij