Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

गाँजा खाएर हो–हल्ला गरेको आरोपमा ७५ जना प्रहरी नियन्त्रणमा

गाँजा खाएर हो–हल्ला गरेको आरोपमा ७५ जना प्रहरी नियन्त्रणमा

  • काठमाडौँ । शिवरात्रिमा पशुपति क्षेत्र गएर गाँजा खाएर हो-हल्ला गरेको आरोपमा ७५ जना प्रहरी नियन्त्रणमा परेका छन् । उनीहरूमाथि प्रहरीले अवाञ्छित गतिविधि गरेको आरोप लगाएको छ ।

    प्रहरीले नियन्त्रणमा लिनुको कारण उच्छृङ्खल गतिविधि गरेको, गाँजा खाएर हो–हल्ला गरेको र अभद्र व्यवहार गरेको दाबी गरेको छ । नियन्त्रणमा लिइएकाहरूलाई प्रहरीले प्रहरी वृत्त गौशाला र जिल्ला प्रहरी परिसर काठमाडौँमा राखेको छ ।

    प्रहरी र पशुपति क्षेत्र विकास कोषले शिवरात्रिमा पशुपति क्षेत्रमा गाँजा तथा भाङको सेवन र विक्री वितरणमा प्रतिबन्ध लगाएको दाबी गरेको थियो । तर व्यवहारमा भने कार्यान्वयन गर्न सकेको देखिँदैन । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij