Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

बाबुरामको सचिवालयमा प्रेस र आइटीको जिम्मा खनाललाई

बाबुरामको सचिवालयमा प्रेस र आइटीको जिम्मा खनाललाई

  • काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँशक्ति) पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले युवा इन्जिनियर अमित खनाललाई निजी सचिवालयमा नियुक्त गरेका छन् । डा.भट्टराईले बुटवल घर भएका खनाललाई प्रेस तथा आईटी विभाग हेर्ने जिम्मेवारी दिएका छन् ।

    images
    images
    images

    यसको जानकारी फेसबुकमार्फत् दिँदै भट्टराईले नाती पुस्तासँगको सहकार्य वैकल्पिक राजनीतिक अभियानलाई सार्थक परिणाममा पुर्‍याउन सहयोगी हुने अपेक्षा गरेको बताएका छन् ।

    खनाल मेकाट्रोनिक्स इन्जिनियर हुन् । मेकाट्रोनिक्स इन्जिनियर बन्नका लागि मेकानिकल र इलेक्ट्रिकल इन्जिनियरिङको राम्रो ज्ञानका साथै प्रोग्रामिङ, सर्किट डिजाइनिङ र सिस्टम डिजाइन जस्ता क्षमताहरू आवश्यक पर्ने जानकारहरु बताउँछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij