Logo

Aug 03 2025 | २०८२, साउन १८ गते

Aug 03 2025 | २०८२, साउन १८ गते

माओवादीले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा

माओवादीले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा

  • काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

    images
    images
    images

    आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सापकोटाले नेपाल अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिस्टमा पर्नु सरकारको असफलता भएको भन्दै मार्ग प्रशस्त गर्न माग गरेका हुन् ।

    images

    सरकारको अकर्मण्यता र वित्तीय क्षेत्रमा सुधार गर्ने अठोटको अभावका साथै सुशासनप्रतिको उपेक्षाका कारण नेपाल लज्जाजनक अवस्थामा पुगेको उनले बताए ।

    यस घटनाले सरकार सम्पूर्ण रूपमा असफल भएको संकेतका रूपमा लिनुपर्ने भन्दै उनले सरकारले नैतिक रूपमा मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखे । उनले सरकारप्रति विश्वास र भरोसा नरहेकाले देशको इज्जत प्रतिष्ठाको रक्षाका लागि प्रतिनिधिसभाले गम्भीरतापूर्वक विशेष महत्वका रूपमा दिन ध्यानाकर्षण गराए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij