
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको भव्य उद्घाटन गरिएको छ । सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा साङ्गीतिक प्रस्तुतिका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनको केक काट्दै प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा बद्री पङ्गेनी, समीक्षा अधिकारी, महेश काफ्ले, अस्मिता अधिकारीलगायतका कलाकारहरुले साङ्गेतिक प्रस्तुति दिए । अस्वन्त पहारीले बिटबक्सिङ पनि प्रस्तुत गरे ।
उद्घाटन खेलमा एपीएफ एफसी र ब्लाक बुल्स एफसीबीच प्रतिस्पर्धा हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij