
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपालमा एमसीसी स्थगित गरेकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएको छ ।
महासचिव विप्लव सीले आज एक विज्ञप्ति निकाल्दै ट्रम्पको आदेशबाट स्थगन पुगेको एमसीसी कम्प्याक्टले नेपाली जनताको संघर्ष र आवाजमा सकारात्म प्रभाव पारेको बताएका छन् ।
एमसीसी कम्प्याक्ट सधैँको लागि खारेज गर्न माग गर्दै विप्लवले लेखेका छन्, ‘नेपाल र अमेरिकाबीचको कुटनीतिक सम्बन्धलाई प्रगाढ बनाउन र नेपालको विकासमा निःस्वार्थ योगदन गर्न नयाँ विकास परियोजनामार्फत सहयोग अगाडि बढाउन आग्रह गर्दछौं ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij