
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । भक्तपुर चाँगुनारायण नगरपालिका–४ खोरियास्थित एक घरमा मृत भेटिएका किशोरको अनुसन्धानका लागि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार २१ वर्षीय बादल तामाङलाई नियन्त्रणमा लिइएको हो । बादलकै घरमा उनका साथी १९ वर्षीय निरोज लामा मंगलबार मृत भेटिएका थिए ।
प्रहरीका अनुसार निरोज गएराति बादलको घरमा गएका थिए । उनीहरू छुट्टाछुट्टै कोठामा सुतेको प्रहरीको भनाइ छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij