Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

‘रेड वाइन’ मा पलको ठाउँमा पुष्पको इन्ट्री

‘रेड वाइन’ मा पलको ठाउँमा पुष्पको इन्ट्री

  • काठमाडौं । फिल्मको छायांकन सुरु नहुँदै कलाकार परिवर्तन हुनु नौलो कुरा होइन । प्रायः कलाकार र निर्माण टिमबीच असमझदारी पैदा भएपछि फिल्ममा कलाकार हेरफेर हुने गरेका छन् । नेपाल र अमेरिकामा छायांकन हुने तयारीमा रहेको फिल्म ‘रेड वाइन’ पनि कलाकार परिवर्तन भएका छन् । फिल्मबाट अभिनेता पल शाह बाहिरिएपछि उनको ठाउँमा पुष्प खड्काको प्रवेश भएको छ । 
     
    तीन दिन अगाडि पुष्पसँग निर्माण टिमको कागजी सम्झौता भइसकेको छ । अमेरिकामा रहेका रमेश एमके पौडेलले निर्देशन गर्ने फिल्ममा अभिनेत्री साम्राज्ञी आरएल शाहसँग पलको जोडी पक्का भएको थियो । गोप्य स्रोतले दिएको जानकारी अनुसार, कथावस्तु, कलाकार र टाइटल परिवर्तनमा पलले दबाब दिन थालेपछि निर्माण टिमले उनको ठाउँमा पुष्पलाई अनुबन्ध गरेको हो ।
     
    फिल्ममा पलभन्दा अगाडि निर्माण टिमले साम्राज्ञीलाई अनुबन्धित गरेको थियो । फिल्ममा उनको सशक्त भूमिका रहेको बुझिएको छ । आफ्नोभन्दा साम्राज्ञीको भूमिका सशक्त भएका कारण पलले निर्देशक पौडेललाई फिल्मको कथावस्तु परिवर्तन गर्न आग्रह गरेको स्रोत बताउँछ । तर, पौडेल उनको कुरामा सहमत भएनन् । यसपछि पलले फिल्मबाट बाहिरिने निर्णय गरेका थिए ।
     
    अब ‘रेड वाइन’ मा पुष्पले साम्राज्ञीसँग अनस्क्रिन रोमान्स गर्नेछन् । उनीहरुबीच दोस्रो पटक सहकार्य भएको हो । यसअघि यी दुईले फिल्म ‘मारुनी’ मा एकसाथ काम गरेका थिए । यो फिल्ममा उनीहरुको जोडीलाई दर्शकले निकै रुचाएका थिए । फिल्मको २० प्रतिशत छायांकन काठमाडौं र ८० प्रतिशत अमेरिकामा हुनेछ । फिल्ममा सन्दिप क्षेत्रीको पनि मुख्य भूमिका रहनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij