
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा उभिएको दल राप्रपाले फागुन महिनामा विभिन्न सभाहरू गर्ने भएको छ ।
सो पार्टीको केन्द्रीय कार्यसमितिको हालै सम्पन्न बैठकले माघ र फागुनमा देशका विभिन्न सहरमा साना ठूला सभा गर्ने र चैतमा काठमाण्डौँ केन्द्रीत आन्दोलन गर्ने निर्णय गरेको थियो । माघमा संगठन सुदृढीकरण र साना सभा भएका छन् भने फागुनमा केही सभाहरु तय भइसकेका छन् अरु सभाहरुको तयारी हॅुदै गरेको राप्रपाले जनाएको छ ।
यसक्रममा फागुन ९ गते गण्डकी प्रदेशको पोखराको चिप्लेढुंगामा, फागुन १५ गते लुम्बिनी प्रदेशको बुटवलमा र फागुन १८ गते सुदूरपश्चिम प्रदेशको धनगढीमा सभाहरू हुने राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
‘०८२ बैशाख मसान्तसम्म वडादेखि जिल्ला तहसम्मको अधिवेशन सम्पन्न गर्ने भनेर हामीले केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गरेका छौं, यतिबेला सबै स्थानीय तहको संगठन चलायमान भइरहेको छ,’ उनले भने। पोखरा, बुटवल र धनगढीमा हुने सभाहरुलाई अध्यक्ष राजेन्द्र लिङ्देन लगायत पार्टीका वरिष्ठ नेताहरुले सम्बोधन गर्नेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij