
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा फागुन ५ गतेदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । एन्फाले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फाल्गुन ५ गतेदेखि १४ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने जनाएको हो ।
प्रतियोगीतामा नेपालका साथै किर्गिस्तान, म्यानमार र लेबननको सहभागीता रहने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । नेपालमा पहिलो पटक चार राष्ट्र सम्मीलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुन लागेको उनले बताए ।
प्रतियोगिताको तयारीका लागि हाल ३० सदस्यीय नेपाली राष्ट्रिय टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको छ । प्रतियोगिताका खेलहरु राउन्ड रोबिन आधारमा खेली शीर्ष दुई टोलीबचि फाइनल खेल हुने प्रवक्ता शाहले बताए ।
प्रतियोगीताको टिकट दर साधारणतर्फ ५ सय र भीआइपीतर्फ एक हजार तोकिएको छ। प्रतियोगिताको अनुमानीत बजेट २ करोड ५० लाख ५६ हजार रहेको एन्फाले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij